Skip to main content

Posts

Recent posts

कस्तो होला ?

केटीको घरमा बिहे गर्ने कुरा चलेपछि केटीको मनमा खेलेका कुरालाई लिएर लेखिएको गजल हो यो " कस्तो होला ? " कस्ता होलान आँखा उनका बोली कस्तो होला ? उनी संगै बिताउने मेरो भोली कस्तो होला ? साथीसंगी जिस्काउञ्छन उनको नाम लिई मलाई  बिहेपछि उनले दिने गुन्यो चोली कस्तो होला ? सुनेकी छु ठुला डाक्टर हुन् अरे उनी कामले टाउको दुख्दा दिने सिटामोल गोलि कस्तो होला ? कस्ता होलान आँखा उनका बोली कस्तो होला ? उनी संगै बिताउने मेरो भोली कस्तो होला ? छिट्टै मलाई लिन आऊदै छन् भन्न्छिन मेरी आमा आफ्नो बनाई लैजाने त्यो डोली कस्तो होला ? घर गाउ छोडी कतै नगएकी म डुंगा चडी पार हुने खोलि कस्तो होला ? गएको २ ४ दिनमै फर्किनु पर्नी रे माईत आमाबालाई कोसेली ल्याइदिएको झोली कस्तो होला ? कस्ता होलान आँखा उनका बोली कस्तो होला ? उनी संगै बिताउने मेरो भोली कस्तो होला ? टिका जमरा लगाई रमाउला दशैं मेरा उनीसंग  तिहारमा मैले बनाएको रंगोली कस्तो होला ? उनको लिदा मात्र लाजले रातै हुने म  झन् रंग दली मनाएको होलि कस्तो होला ? कस्ता होलान आँखा उनका बोली कस्तो होला ? उनी संगै बिताउने मेरो भोली कस्तो होला ? तराई तिर हो अरे म...