- Get link
- X
- Other Apps
केटीको घरमा बिहे गर्ने कुरा चलेपछि केटीको मनमा खेलेका कुरालाई लिएर लेखिएको गजल हो यो " कस्तो होला ? "
कस्ता होलान आँखा उनका बोली कस्तो होला ?
उनी संगै बिताउने मेरो भोली कस्तो होला ?
साथीसंगी जिस्काउञ्छन उनको नाम लिई मलाई
बिहेपछि उनले दिने गुन्यो चोली कस्तो होला ?
सुनेकी छु ठुला डाक्टर हुन् अरे उनी
कामले टाउको दुख्दा दिने सिटामोल गोलि कस्तो होला ?
कस्ता होलान आँखा उनका बोली कस्तो होला ?
उनी संगै बिताउने मेरो भोली कस्तो होला ?
छिट्टै मलाई लिन आऊदै छन् भन्न्छिन मेरी आमा
आफ्नो बनाई लैजाने त्यो डोली कस्तो होला ?
घर गाउ छोडी कतै नगएकी म
डुंगा चडी पार हुने खोलि कस्तो होला ?
गएको २ ४ दिनमै फर्किनु पर्नी रे माईत
आमाबालाई कोसेली ल्याइदिएको झोली कस्तो होला ?
कस्ता होलान आँखा उनका बोली कस्तो होला ?
उनी संगै बिताउने मेरो भोली कस्तो होला ?
टिका जमरा लगाई रमाउला दशैं मेरा उनीसंग
तिहारमा मैले बनाएको रंगोली कस्तो होला ?
उनको लिदा मात्र लाजले रातै हुने म
झन् रंग दली मनाएको होलि कस्तो होला ?
कस्ता होलान आँखा उनका बोली कस्तो होला ?
उनी संगै बिताउने मेरो भोली कस्तो होला ?
तराई तिर हो अरे मलाई लैजानी घर
गर्मिमा खाने बरफको सोली कस्तो होला ?
असार साउन रोपाई गर्ने टोलि कस्तो होला ?
कस्ता होलान आँखा उनका बोली कस्तो होला ?
उनी संगै बिताउने मेरो भोली कस्तो होला ?
Comments
Post a Comment